
१९ पुस, काठमाडौं । भारतमा कोरोनाको तेस्रो लहर नआएको भए जनवरी ७ मा रिलिज हुने तय भएको बहुप्रतीक्षित साउथ चलचित्र ‘आरआरआर’ले प्रचारलाई अझ तीव्रता दिइरहेको हुने थियो । तर, भारतका विभिन्न राज्यमा कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन फैलिन थालेपछि यो चलचित्रका निर्देशक एसएस राजमौलीले अन्तिम समयमा आएर चलचित्रको प्रदर्शन स्थगितको निर्णय लिए ।
चलचित्रको प्रचारका लागि राजमौली र उनको टिमले भारतका कुनै पनि राज्य छाडेका थिएनन् । अझ हिन्दी भाषामा रिलिज हुने राज्यमा त यसपटक मुख्य कलाकारहरु जुनियर एनटीआर, रामचरण, आलिया भट्ट र निर्देशक राजमौली सक्रिय रुपमा प्रचारमा लागेका थिए ।
मुम्बईमा अभिनेता सलमान खान र निर्माता करण जोहरको उपस्थितिमा भव्य प्रमोसन कार्यक्रम समेत आयोजना भएको थियो । दिल्ली सरकारले हल बन्द गर्ने निर्णय लिँदा पनि राजमौलीले पोष्टपोन्ड नगर्ने बताइरहेका थिए ।
चलचित्रको ग्राउन्ड जिरो प्रमोसनका लागि १८ देखि २० करोड भारु खर्च भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यो रकम निर्माणपक्षका लागि बालुवामा पानी सरह हुन पुगेको छ । अर्को मितिमा यसको निर्माणपक्षले चलचित्रको हाइप बनाउनका लागि नयाँ कसरत गर्नुपर्ने हुन्छ ।
राजमौली र उनको टिमले यसपटक चलचित्रको प्रचारका क्रममा जुनियर एनटीआर र रामचरणका फ्यानहरुलाई समेत आफ्नै खर्चमा महँगो होटलमा बोलाएका थिए । आन्ध्र प्रदेशका फ्यानका लागि २ करोड खर्च गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4