+
+

श्रीमतीको अध्‍यक्षतामा रेशम चौधरीले गठन गरे ‘नागरिक उन्मुक्ति पार्टी’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १५:०३

१९ पुस, काठमाडौं । निलम्बित सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन् ।

सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्‍यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन् ।

उक्त दल दर्ताको निवेदन दिनका लागि रेशम चौधरीका समर्थकहरु भृकुटीमण्डपमा भेला भएर बाजागाजा, झाँकी र चौधरीको तस्वीर अंकित प्लेकार्डसहित निर्वाचन आयोगमा पुगेको थियो । र्‍यालीमा चौधरीकी श्रीमतीसमेत सहभागी भएकी थिइन् ।

टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरी भने जेलमा छन् । जसपाको आधिकारिकता विवाद निरुपणको क्रममा निर्वाचन आयोगले गराएको सनाखतमा उनी तटस्थ बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?