+
+

कांग्रेसले छान्यो राष्ट्रियसभाका ६ उम्मेदवार, गण्डकीमा कमला पन्त

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते २०:११

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका ६ उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।

जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र उम्मेदवार बनेका छन् ।

राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेका मध्ये बस्नेत र पौडेल २०७४ मा देउवा सरकारले नै राष्ट्रियसभा सदस्य मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गरेका तीन जनामा थिए । तर त्यसबेला राष्ट्रपतिले नियुक्त गरेनन् । पौडेल हाल कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव समेत हुन् ।

अर्का उम्मेदवार पन्त कांग्रेसको १४औं महाधिवेशनमा डा. शेखर कोइरालाको प्यानलबाट महिला सहमहामन्त्रीको उम्मेदवार थिइन् । युवराज शर्मा बाँकेका पुराना नेता हुन् भने गुरुङ शहीद पत्नी हुन् । मिश्र भने सुदूरपश्चिम प्रदेश सभापतिका लागि डा. शेखर समूहबाट उम्मेदवार बनेका थिए । तर वीरबहादुर बलायरसँग पराजित भएका थिए ।

सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको थियो । बैठकले १२ माघमा हुने मतदानमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिन समेत आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?