
१९ पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको एकभन्दा धेरै संस्थामा शेयर भए त्यस्ता लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । सोमबार नयाँ निर्देशन जारी गर्दै ‘क्रश होल्डिङ’ भएका लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकले निर्देशन दिएको हो ।
अहिले धेरै लघुवित्त वित्तीय संस्थाहरु बैंक आफैले सञ्चालन गरेका छन् । बैंकको धेरै शेयर भएका संस्थाहरुलाई घटाउने उद्देश्यले राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो ।
राष्ट्र बैंकको निर्देशन अनुसार अब ‘क’ ‘ख’ र ‘ग’ वर्गको एउटा बेंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका संस्थाहरु मर्जरमा जानु पर्नेछ ।
यसका साथै ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको कुनै लघुवित्तमा बहुमत शेयर छ भने त्यस्ता संस्थाहरु पनि मर्जरमा जानु पर्ने राष्ट्र बैंकले बताएको छ । यस्ता संस्थाहरु मर्जरमा जानका लागि चालु आर्थिक वर्षको असार मसान्तभित्र राष्ट्र बैंकसमक्ष कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया 4