+
+

महासचिव पदका लागि तयार छु : देव गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १५:२०
फाइल तस्वीर

२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पार्टीको महासचिवका लागि आफू तयार रहेको बताएका छन् ।

बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माको नाममा सहमति नभएमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो व्यक्तिको खोजी गर्ने बताए । तेस्रो व्यक्तिको खोजी गर्दा आफूलाई जिम्मेवारी दिएमा तयार रहेको उनको भनाइ छ ।

‘…उहाँहरु दुईजना बीचमा सहमति हुन नसकिरहेको अवस्थामा तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने र सहमतिको लागि सिनियर कम्रेडहरु नै खोज्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ । …लिडरसीपले सेटिङ गरेअनुसारको जिम्मेवारी नाइनास्ती गर्ने भन्ने कुरो भएन, अस्वीकार गर्ने भन्ने कुरा हुँदैन’ उनले भने ।

नेता गुरुङले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताए । ‘…थोरै गृहकार्य गर्ने क्रममा थोरै लेट भइरहेको अवस्था छ । सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्छ भन्ने क्रममा लेट भएको हुनुपर्छ’ उनले भने ।

नेता वर्षमान पुन उपचारका क्रममा चीनमा रहेको उनले आफू नफर्किँदासम्म पदाधिकारी चयन नगर्न आग्रह गरेकाले पर्र्खिएको बताए । ‘…वर्षमानजी उपचारमा नै रहनुभएकोले उहाँले म नफर्कंदासम्म पदाधिकारी नबनाइयोस्, मेरो पनि दाबीविरोध रहन्छ, भन्ने प्रकारको कुरा रहेकोले सायद अलिकति वेटिङ सीको रुपमा गएको हुनसक्छ’ नेता गुरुङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?