+
+

साउथका यी सुन्दरी बन्दैछन् बलिउड हिरोइनका लागि चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १७:०९

२१ पुस, काठमाडौं । सन् २०२१ को अन्त्यमा प्रदर्शनमा आएको साउथ इण्डियन चलचित्र ‘पुष्पा’ले बलिउडले कब्जा जमाएको बजारमा आफ्नो बलियो उपस्थिति जनायो । हिन्दी भर्सनमै करिब ७० करोड भारुको व्यापार गरेको यो चलचित्रले अझै आक्रामक व्यापार गरिरहेको छ ।

यो वर्ष साउथका धेरै अभिनेत्रीका हिन्दी चलचित्र रिलिज हुँदैछन् । यी सुन्दरी अभिनेत्रीहरुलाई विश्वभरका दर्शकले निक्कै रुचाएका छन् । साउथका सफल अभिनेत्रीहरुले यो वर्ष बलिउड अभिनेत्रीहरुलाई चुनौती दिने विश्लेषण गर्न थालिएको छ ।

गत वर्ष वेब सिरिज ‘द फ्यामिली मेन २’मा देखिएकी साउथ सुन्दरी सामन्था रुथ प्रभुको चर्चा बलिउडमा पनि निक्कै छ । उनीसँग काम गर्न बलिउडका थुप्रै निर्देशकहरु लालयित छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सामन्थाले बलिउड अभिनेत्री तापसी पन्नुसँग एक चलचित्रमा काम गर्ने पक्का भएको छ ।

यस्तै, अर्की अभिनेत्री रश्मीका मन्दना पनि बलिउडमा डेब्यु गर्ने तयारीमा छन् । विश्वभरका दर्शकका लागि ‘क्रस’ बनेकी रश्मीका बलिउड अभिनेता सिद्धार्थ मल्होत्रासँग ‘मिसन मज्नु’मा देखिँदैछिन् । उनको लोकप्रियताले बलिउडका सफल अभिनेत्रीहरुलाई चुनौती दिन सक्छ ।

साउथकी अर्की अभिनेत्री श्रेया शरण अभिनेता नाना पाटेकरसँग देखिँदैछिन् । चलचित्रमा तापसी पन्नुको पनि मुख्य भूमिका रहनेछ ।

साउथकी अर्की सुन्दरी नयनतारा बलिउड अभिनेता शाहरुख खानसँग देखिँदैछिन् । साउथकै सफल निर्देशक एटलीको नयाँ चलचित्रमा उनी शाहरुखसँग एक्सन अवतारमा देखिनेछिन् ।

यसअघि नै केही बलिउड चलचित्रमा काम गरिसकेकी साउथकी सुन्दरी तमन्ना भाटिया अभिनित चलचित्र ‘बोले चुडिया’ यस वर्ष सार्वजनिक हुँदैछ । चलचित्रमा उनको जोडीको रुपमा नवाजुद्दिन सिद्धिकीले काम गरेका छन् ।

साउथ चलचित्र ‘अर्जुन रेड्डी’की अभिनेत्री शालिनी पाण्डे यो वर्ष बलिउड अभिनेता रणवीर सिंहसँग ‘जयेश भाइ जोरदार’मा देखिँदैछिन् । उनको बलिउड प्रवेश पनि आम दर्शकका लागि चासोको विषय बनेको छ ।

बलिउडमा केही साउथका अभिनेत्रीहरुले पाइला राखेर सफलता हात पारिसकेका छन् भने केही असफल पनि भएका छन् । तर, साउथ चलचित्रको बजार फराकिलो बन्दै जाँदा अभिनेत्रीहरुको चर्चा पनि चुलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?