
२१ पुस, काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका, वडा नं ५ को आयोजना तथा एथ्लेटिक्स परिवार नेपालको संयोजनमा छैटौं झिल्टुङ क्रसकन्ट्री दौड आगामी माघ ८ गते हुने भएको छ ।
आयोजकले बुधबार पत्रकार सम्मलेन गर्दै कूल १० विधामा प्रतिस्पर्धा हुने जनाएको छ । कच्ची बाटोमा हुने यस दौडको दूरी कूल १३.४ किलोमिटर छ । जसमध्ये ४.५ किलोमिटर उकालो २ किलोमिटर समथर बाटो र बाँकी ओरालो छ ।
बेलकोटगढी नगरपालिका- ५ कोल्पुटारमा शुरु भई बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै फेरि कोल्पुटरमा आई दौड समाप्त हुन्छ ।
यस पटक खुल्ला पुरुष महिलाका साथै स्थानीय खुला, ४.५ किलोमिटर खुला जुनियर पुरुष र महिला, ४.५ किलोमिटर स्थानीय महिला र पुरुष, ४.५ किलोमिटर स्थानीय ३५ वर्षमाथि, १३.५ किलोमिटर भेट्रान खुला र स्थानिय आमा समूहको १.५ किलोमिटर रिले दौड पनि यस प्रतियोगिताम समावेश गरिएको छ ।
क्रसकन्ट्री मुख्य विधा अन्तर्गत खुला पुरुष तथा महिला विजेतालाई १५ हजार, दोस्रोलाई १० र तेस्रोलाई ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै क्रसकन्ट्रीमै स्थानीयतर्फ पुरुष विजेतालाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
खुला जुनियर छात्र तथा छात्राको विजेताले ६ हजार, दोस्रोले ४ हजार र तेस्रोले २ हजार रुपैयाँ पाउनेछन् । स्थानीय छात्र, छात्रातर्फका विजेताले ६ हजार, दोस्रोले ४ हजार र तेस्रोले २ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
४५ वर्ष माथिका स्थानीय पुरुष विजेतालाई ६ हजार, दोस्रोलाई ४ हजार र तेस्रो २ हजार तथा भेट्रान खुल्ला पुरुषतर्फ विजेतालाई ८ हजार, दोस्रोलाई ६ हजार र तेस्रोलाई ४ हजार प्रदान गरिने छ । आमा समूहतर्फ १.५ किमीको रिले दौडको विजेतालाई १२ हजार, ९ हजार र ६ हजार रुपैयाँको ब्यवस्था गरिएको छ ।
बेलकोटगढी- ५ का वडाध्यक्ष अध्यक्ष अनन्तराम नेपालले यस झिल्टुङ र बेलकोटगढी चिनारी गराउने उद्देश्यले दौड प्रतियोगिता आयोजना गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4