+
+

२० लाख रुपैयाँ माग्दै ज्‍यान मार्ने धम्की दिने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १६:५६

२२ पुस, काठमाडौं । प्रहरीले  २० लाख नदिए ज्‍यान मार्ने धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका-११ बारा घर भई चन्द्रागिरि नगरपालिका-९ मच्छे गाउँ बस्‍दै आएका २६ वर्षीय सञ्‍जीव भन्‍ने पदम काफ्ले रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनलाई बुधबार अपराध महाशाखाको टोलीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आपराधिक लाभ (एक्सट्रसन) लिन नहुने कसूरमा थप अनुसन्धानका लागि बिहीबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्‍याद थप गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?