+
+

ठमेलमा इण्डियन आइडल पवनदीपको कन्सर्ट हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १४:५२

२३ पुस, काठमाडौं । इण्डियन आइडल विजेता पवनदीप राजन नेपाल आउने भएका छन् । माघ १ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबमा आयोजना हुने कन्सर्टका लागि उनी नेपाल आउने भएका हुन् ।

कोरोना महामारीले थलिएको ठमेललाई सांगीतिक माहोलबाट तताउन पवनदीपलाई ल्याएर कार्यक्रम गर्न लागेको एलओडी क्लबले जनाएको छ । कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन संक्रमणको जोखिम बढ्दै गएको भएपनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर कार्यक्रम गर्ने क्लबले बताएको छ ।

यसअघि पनि एलओडीमा भारतीय कलाकारका साथै अन्य विदेशी कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।

पवनदीप इण्डियन आइडल सिजन-१२ का विजेता हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?