+
+

राष्ट्रियसभा निर्वाचनमा ओलीले हार स्वीकारे : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १५:५९

२३ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको टिप्पणी गरेका छन् ।

पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले ओली घमण्डी भए पनि राष्ट्रियसभा निर्वाचमा हार स्वीकार गरेको टिप्पणी गरेका हुन् ।

शुक्रबार भर्चुअल माध्यमबाट जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने बताएका थिए ।

ओलीको सोही भनाइलाई उधृत गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘आज तपाईंहरुले सुन्नुभएको होला–केपी ओलीको एउटा भाषण । त्यो भाषणमा अब राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ । …तर कसरी स्वीकार गरे होला ? त्यो दम्भी स्वभावले त दिँदैन ।’

ओलीले देशभर एकसाथ जिल्ला अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप समेत लगाए ।

‘७७ जिल्लामा एकैचोटी जिल्ला अधिवेशन उद्घाटन गर्ने । देशैभररि एकैचोटी । यसले के हुन्छ, थाहा छ ? नयाँ नेतृत्व स्थापित हुँदैन । जिल्लाजिल्लामा जिम्मा दिएको भए, त्यहाँ नेतृत्व जाने थियो । सम्बोधन गर्ने थियो । कार्यकर्ता भेला गर्ने थियो । कार्यकर्तालाई परिचालित गर्ने थिए । सबैले विषयबस्तुहरु प्रस्तुत गर्ने थिए । अनि नेतृत्व स्थापित पनि हुने थियो’ उनले भने, ‘तर त्यसो गर्ने पद्धति नै त्यो समूहमा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?