+

साफ महिला च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

२०७८ पुष  २३ गते १९:३७ २०७८ पुष २३ गते १९:३७
साफ महिला च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

२३ पुस, काठमाडौं । साफ महिला च्याम्पियनसिप नेपालमा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को शुक्रबार बसेको कंग्रेसले साफ महिला आगामी अगष्ट १२ देखि २४ सम्म नेपालमा आयोजना गर्न प्रस्ताव गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपालले यसअघि सन् २०१९ मा विराटनगरमा पाँचौं संस्करण आयोजना गरेको थियो ।

साफका अध्यक्ष काजी मोहम्मद सलाउद्दिनको अध्यक्षतामा बसेको बैठकले २०२२ मा आयोजना हुने विभिन्न प्रतियोगिताको मिति परिमार्जन समेत गरेको छ ।

परिमार्जन गरिएको तालिका अनुसार साफ यू-१८ महिला च्याम्पियनसिप मार्च १५ देखि २६ सम्म भारतमा हुनेछ । यस्तै साफ यू-२० च्याम्पियनसिप पनि भारतमै जुलाई २५ देखि अगस्ट ५ सम्म हुनेछ ।

साफ यू-१७ च्याम्पियनसिप श्रीलंकामा सेप्टेम्बर ५ देखि १६ सम हुनेछ । साफ यू-१५ महिला च्याम्पियनसिपको मिति भने तय हुन बाँकी रहेको छ ।

फुटबल साफ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय