+
+

…अनि पोखरेली दर्शकले मनाङको विपक्षमा हुटिङ गरे

विकास रोकामगर विकास रोकामगर
२०७८ पुष २४ गते २०:२३

२४ पुस, पोखरा । शहीद स्मारक राष्ट्रिय ए डिभिजन लिग अन्तर्गत शनिबार पोखरामा भएको खेल दुई किसिमले रोमाञ्चक बन्यो ।

पहिलो जारी लिगकै सबैभन्दा बढी गोलअन्तर र दोस्रो गृहमैदानमै मनाङलाई दर्शकले दिएको ‘धोका’ !

काठमाडौंबाट पोखरा आएको जारी लिगअन्तर्गत पोखरामा ३ खेल भएका थिए । त्यसैमध्येको शनिबारको अन्तिम खेलमा यसैवर्षदेखि पोखरालाई ‘होमग्राउन्ड’ चुनेको मनाङ मस्र्याङ्दी र आमन्त्रित क्बल च्यासल युथ क्बल भिडेका थिए । जसमा मनाङले ५–० को भारी गोलअन्तरले च्यासलमाथि जित निकाल्यो ।

लिगअन्तर्गतको पोखरामा हुने अन्तिम खेल भएका कारणले पनि अघिल्ला खेलभन्दा बढी दर्शक प्यारापिटमा थिए । त्यसमाथि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी स्वयं खेल हेर्न आइपुगेका थिए । खेल सकिएपछि पनि उनीसँग तस्वीर खिचाउनेको लामो लर्को लागेको थियो ।

अघिल्ला २ खेलमा दर्शकको राम्रो साथ पाएको मनाङले च्यासलविरुद्धको खेलमा पनि सुरुआतमा राम्रै हुटिङ पाएको थियो । हातहातमा एमएमसी अंकित ठुल्ठूला झन्डा फर्फराउँदै मनाङको पक्षमा समर्थन गरिरहेका थिए ।

तर, खेलको मध्यान्तरपछि भने फिल्मी शैलीमा मनाङ करिब समर्थक शून्य बन्यो । मनाङको पक्षमा समर्थन गरिरहेका दर्शकसमेत च्यासलको पक्षमा हुटिङ गर्न थाले । कारण थियो, रेफ्रीको निर्णय ।

खेलको ६३ औं मिनेटमा ‘डिबक्स’ नजिकै प्रष्ट देखिने गरी मनाङका खेलाडीले फाउल गरे पनि मुख्य रेफ्रीले स्वीकृति नदिएपछि एकाएक दर्शकदीर्घा आक्रोशित बनेको थियो । शनिबार भएको खेलमा मुख्य रेफ्री थिए, श्याम दनुवार ।

च्यासलका विकास मेरागलियाले दिएको पासमा सन्तोष साहुखलले बल अघि बढाउँदै गर्दा मनाङको डी एरिया नजिकै मनाङका डिफेन्डर दिनेश राजवंशीले लडाउन पुगेका थिए । तर, रेफ्रीले कुनै निर्णय नदिएपछि च्यासलका खेलाडी, प्रशिक्षकमात्रै नभएर दर्शकसमेत रुष्ट बन्न पुगे ।

फाउल माग गर्दै च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले असन्तुष्टि जनाउँदा तत्काल पहेंलो कार्ड पाए । तर, साहुखलले आफ्नो असन्तुष्टि जनाउन छाडेनन् । फलस्वरुप उनले फेरि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । सोही समयमा च्यासलकै सन्तोष साहुखलले पनि पहेंलो कार्ड पाए ।

रेफ्री निर्णयकै विषयलाई लिएर मैदानमा केहीबेर तनावपूर्ण स्थिति पनि बनेको थियो । तत्पश्चात दर्शकले रेफ्रीको निर्णय सच्याउन मागमात्रै गरेनन्, मनाङमाथि रिस पोख्दै च्यासललाई समर्थन गर्न पुगे । तर, दर्शकको राम्रो समर्थन पाए पनि च्यासलले नतिजा हात पार्न भने सकेन ।

खेलपश्चात पत्रकारहरुसँग कुरा गर्दै च्यासलका प्रतिनिधि थमन भुषालले रेफ्रीले पक्षपात गरेको सोही कारण आफूहरु हार्न पुगेको आरोप लगाए । ‘रेफ्रीबाट पक्षपात भएको छ । त्यही निर्णयले खेलाडीको मनोविज्ञानमा असर ठूलो मतान्तरले पुगेर हार्न पुग्यौं,’ उनले भने । उनले आफूहरुको हारका कारण लिगमा राम्रो नतिजा ल्याउन अझै चुनौती थपिएको सुनाए ।

जारी लिगमा शनिबारको जितसँगै मनाङ मस्र्याङ्दी दोस्रो स्थानमा आफूलाई कायम राखेको छ । शनिबार नै भएको अर्को खेलमा फ्रेन्डस् क्लबलाई १–० गोलअन्तरले हराउँदै मच्छिन्द्र लिगको शीर्षस्थानमा यथावत छ ।

यसअघि पोखरामा पुस ३ गते मनाङमस्र्याङ्दीले नेपाल पुलिस क्लब ३–१ गोलअन्तरले हराएको थियो । त्यस्तै, पुस १७ गते भएको दोस्रो खेलमा बिग्रेड ब्वाइज क्लबलाई १–० गोलले पराजित गरेको थियो । शनिबार च्यासलविरुद्धको खेलमा आफिज ओलावालेको ह्याट्रिकसँगै दिनेश राजवंशी र ओलुवान्मी एड सोमिडेले १÷१ गोल गरेका थिए ।

तस्वीरहरु : सुदर्शन रञ्जित

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?