+
+

कैलालीमा एमालेको अधिवेशनमा झडप, निर्वाचन अनिश्चित

जनक विष्ट जनक विष्ट
२०७८ पुष २५ गते १८:०३

२५ पुस, कैलाली । नेकपा एमाले कैलाली जिल्ला समितिको नेतृत्व चयनका क्रममा विवाद हुँदा झडप भएको छ । निर्वाचन समितिले पटक-पटक निर्वाचनको कार्यतालिका पछि सारेपछि दुई पक्षका उम्‍मेदवारहरुबीच झडप भएको हो ।

प्रतिनिधिहरुले मतदानमा ढिला भएको भन्दै आवाज उठाएपछि निवर्तमान अध्‍यक्ष एवं अध्‍यक्षका उम्‍मेदवार रतन थापा र अध्‍यक्ष पदका अर्का उम्‍मेदवार रणबहादुर चन्द पक्षबीच झडप भएको हो ।

झडपमा युवाहरुले मतदानका लागि बनाएका मतपेटिका फालिदिएका छन् भने र मतपत्र छरिदिएका छन् । झडपपछि कैलालीको निर्वाचन अनिशचित भएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?