+
+

आजबाट राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागू

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते ७:२२

२६ पुस, काठमाडौं । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचार संहिता लागू भएको छ ।

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो ।

आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ ।

आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले यदि उल्लंघन भएमा कानूनी कारवाही हुने बताएको छ ।

आचारसंहिता लागू भएपछि कुनै पनि पार्टी वा उम्मेदवारलाई भोट माग्न पाइँदैन ।

आचार संहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पर्यवेक्षक, सरकारी अर्धसरकारी र निजी संघसंस्था लगायतमा लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?