
२६ पुस, काठमाडौं । केही बलिउड र साउथ इण्डियन चलचित्रमा समेत लगानी गरेको अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लुचिप इन्भेष्टमेन्ट’ले नेपाली चलचित्रमा पनि लगानी गर्ने इच्छा व्यक्त गरेको छ ।
बलिउड चलचित्र ‘सूर्यवंशी’ र ‘८३’ सहित केही दक्षिण भारतीय चलचित्रमा लगानी गरेको उक्त कम्पनीका प्रतिनिधिहरु केही दिनअघि नेपाल आएका छन् । सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनीहरुले नेपाली चलचित्रमा लगानी गर्न आफूहरु इच्छुक रहेको बताएका हुन् ।
‘ब्लुचिप’का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवीन्द्रनाथ सोनीले भने, ‘बलिउडमा हामीले धेरै काम गरेका छौं । सूर्यवंशी, ८३ जस्ता चलचित्रमा पनि फाइनान्स गरेका छौं । अब राम्रो विषयमा हामी नेपाली चलचित्र बनाउन इच्छुक छौं ।’
उनले नेपाल बसाइका क्रममा यो विषयमा सरोकारवालाहरुसँग छलफल गर्ने बताए । नेपाल र भारतको संस्कृति मिल्दोजुल्दो रहेकाले पनि चलचित्रमार्फत नेपाली संस्कृतिको प्रवद्र्धन गर्न आफूहरु तयार रहेको उनले बताए ।
सीईओ रवीन्द्रनाथ सोनीसँगै अपरेशन हेड गुरमित कौर, सेल्स एण्ड मार्केटिङ हेड सुरज जुमानी, डा. प्रीति गिरी लगायतको टिम नेपाल आएको हो ।
प्रतिक्रिया 4