+
+

पीएम कप टी-२० : आसिफ र प्रदीपको अर्धशतकमा एपीएफ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १९:२५

२६ पुस, काठमाडौं । आसिफ शेख र प्रदीप ऐरीले अर्धशतक प्रहार गरेपछि विभागीय टोली एपीएफले प्रधानमन्त्री कप टी-२० पुरुष राष्ट्रिय क्रिकेटमा सोमबार प्रदेश २ लाई २४ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो ।

जितपछि एपीएफले समूह बी मा २ अंक जोडेको छ ।

ओपनरद्वय आसिफ र प्रदीपले पहिलो विकेटका लागि १२० रनको साझेदारी गर्दै एपीएफलाई शानदार सुरुवात दिलाएका थिए ।

आसिफले ४५ बल खेल्दै ३ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ६३ रन बनाए । प्रदीपले ४८ बल खेल्दै ९ चौका मद्दतमा ६० रन जोडे । यस्तै सन्दीप जोराले १४ बलमा १९ रन बनाए । कप्तान शरद भेषावकर ९ रनमा अविजित रहे ।

प्रदेश २ का रुपेश सिंहले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । विवेक यादवले एक विकेट लिए ।

प्रदेश २ का लागि ओपनर हरिशंकर साहले २६ बल खेल्दै ७ चौका मद्दतमा ३६ रन बनाए । यस्तै मोहमद आदिल आलमले १४ बलमा २ चौका र ४ छक्का मद्दतमा ३५ रनको योगदान गरे ।

एपीएफका लागि अविनाश बोहरा, भुवन कार्की र कमल ऐरीले २–२ विकेट लिए भने कप्तान शरद भेषावकर र किशोर महतोले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?