+
+

दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १३:२३

२९ पुस, काठमाडौं । अनलाइन सपिङ साइट दराज नेपालको प्रबन्ध निर्देशक पदमा आँचल कुँवर नियुक्त भएकी छिन् । उनी दराजको नेतृत्व गर्ने पहिलो नेपाली महिला हुन् ।

अमेजनमा समेत काम गरिसकेकी कुँवरको नियुक्तिको निर्णय कम्पनीले अहिलेसम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन । तर, उनले कार्यभार सम्हालिसकेको कम्पनी स्रोतले बताएको छ ।

दराज अलिबाबा समूहको लगानी रहेको कम्पनी हो । कम्पनीको नेतृत्वमा आएकी कुँवरले अमेरिकाबाट एमबीए गरेर अमेजनमा ग्लोबल एक्सपान्सनमा प्रोग्राम म्यानेजमेन्टतर्फ व्यवस्थापक पदमा काम गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?