+
+

विजुलीको पोल सार्न १ लाख ४० हजार घुस माग्ने सुपरभाइजर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १८:१५

२९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजुलीको पोल सार्न सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीलाई पक्राउ गरेको छ ।

प्राधिकरणको ललितपुरको पाटनस्थित सव स्टेसनका प्रमुख सुपरभाइजर सोमप्रसाद पहाडीलाई पक्राउ गरेको हो ।

पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको सूचना पाएपछि पुगेको अख्तियारको टोलीले उनले घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?