+
+

‘पारस’को तयारीमा अनमोल, ‘एक्स ९’को निर्माण अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते २२:२४

नायक अनमोल केसीले विगत केही महिनादेखि चलचित्र ‘एक्स ९’को तयारी गरिरहेका छन् । यो चलचित्रका लागि तौल बढाइरहेका अनमोलले आफ्नोे शरीर पनि सुगठित बनाएका छन् ।

योे चलचित्रमा अनमोलको साथमा नायकहरु सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल लगायतका कलाकारकोे मुख्य भूमिका रहने बताइएकोे थियोे । साथमा, निर्माणपक्षले त बलिउड नायक सुनिल सेट्टीले समेत यो चलचित्रमा काम गर्न लागेको बताएकोे थियो ।

चलचित्रका लागि सबै कलाकारले विगत ३ महिनादेखि शरीर समेत बनाइरहेका थिए । तर, अब यो चलचित्रको निर्माण अनिश्चित भएको वुझिएको छ । श्रोतका अनुसार, चलचित्रका निर्देशक मुकुन्द भट्टले चलचित्रकोे छायांकन केही महिना पछि सर्ने जानकारी कलाकारलाई गराइसकेका छन् । फ्रेवुअरी महिनाबाट छायांकन सुरु गर्ने तयारी गरिताएपनि अब, तोकिएको समयमा नै चलचित्र नबन्ने पक्का भएको छ ।

चलचित्रका लागि नायक अनमोल केसीले जुँगा समेत पालेका थिए । तर, अनमोेलले चलचित्रको निर्माण नै अनिश्चित बनेपछि जुँगा समेत फालिसकेका छन् ।

यसैविच, यो चलचित्र बन्ने निश्चित नभएपछि निर्माता तथा कलाकार भूवन केसीले होेम प्रोडक्शनकोे चलचित्र बनाउने तयारी गरेका छन् । भूवनले चलचित्र ‘पारस’कोे छायांकन फागुणबाट सुरु गर्ने जानकारी समेत अनलाइनखबरलाई दिए ।
५ करोड भन्दा माथिको बजेटमा बन्ने भनिएको ‘एक्स ९’ निर्माण अनिश्चित बनेसँगै कलाकारहरु समेत अलमलमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?