+
+
Shares

‘बाटुलो जून’ को ट्रेलर : सहरमा हुर्किएका अनमोलको गाउँले रुप

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कात्तिक २६ गते प्रदर्शन हुने फिल्म ‘बाटुलो जून’ को ट्रेलर सार्वजनिक भएको छ।

काठमाडौं । यही कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बाटुलो जून’ को ट्रेलर सार्वजनिक भएको छ। रिलिजको एक हप्ता पहिले निर्माण टिमले ट्रेलर दर्शकमाझ ल्याएको हो।

ट्रेलरमार्फत निर्माण टिमले पात्रहरूको चरित्रचित्रण, कथावस्तु र परिवेशलाई प्रकाश पार्ने प्रयास गरेको छ । फिल्ममा अभिनेता अनमोल केसी पहिलोपटक ग्रामीण चरित्र र परिवेशमा देखिएका छन् । शहरिया परिवेशमा हुर्केका अनमोलले फिल्मका दौरान नेपाली समाज, संस्कृति र ग्रामीण परिवेशलाई नजिकबाट बुझ्न पाएको बताए ।

ट्रेलरमा एकै कालखण्डको प्रेकथालाई दुई पुस्ताको माध्यमबाट देखाइएको छ । ४० वर्ष पहिलेको नेपाली समाजको परिस्थितिलाई चित्रण गरिएको फिल्ममा निर्देशक रहेका तत्कालीन स्टार भुवन केसी स्वयंम फिचर्ड छन्, उनको अपोजिटमा अभिनेत्री गरिमा पन्तलाई देख्न सकिन्छ ।

यस्तै तत्कालीन समयको प्रेमिल कथावस्तुलाई नयाँ पुस्तामा जोड्दै निर्देशक केसीले अनमोल केसी र प्रिन्सी खतिवडामार्फत देखाउने प्रयास गरेका छन् ।

सनराइज पिक्चर्स प्राली र भविष्य फिल्मस् को ब्यानरमा बनेको फिल्मलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । फिल्ममा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेलसमेत अभिनयमा छन् । विवेक थापा फिल्मका सह- निर्माता हुन् ।

कृष्ण भण्डारी सम्पादक रहेको फिल्म लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन् । फिल्ममा पार्श्व संगीत रोमन बज्राचार्यको छ भने प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?