+
+

टाइगर कप पुरुष भलिबलको उपाधि आर्मीलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १ गते १६:१८

१ माघ, पोखरा । हेल्प नेपाल स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा हेल्प नेपाललाई ३-१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । फाइनलको जितपछि आर्मीले लिग चरणमा हेल्प नेपालसंग व्यहोरेकव हारको बदला समेत लिएको छ ।

आर्मीले हेल्प नेपालविरुद्ध पहिलो सेट २५-१८ ले सहजै आफ्नो पक्षमा पार्दै अग्रता बनाएको थियो । दोस्रो सेटमा पुनरागमन गरेको हेल्प नेपाल ट्राइब्रेकरमा २६-२४ ले सेट जित्दै खेल बराबरी गरेको थियो ।

तर त्यसपछि आर्मीले तेस्रो र चौथो सेट क्रमश: २५-१८, २५-१९ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो । गत संस्करण फाइनलमा गण्डकी प्रदेशसंग पराजित भएको आर्मीले दोस्रो प्रयासमा उपाधि जितेको हो ।

महिलातर्फ भने आर्मी फाइनलमा एपीएफसंग पराजित भएको थियो । पुरुषतर्फ च्याम्पियन आर्मीले उपाधिसँगै ३ लाख प्राप्त गरेको छ । उपविजेता हेल्पले १ लाख ५० हजार पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?