+
+

पीएम कप टी-२० को फाइनल खेल सुरु, एपीएफले ब्याटिङ गर्दै  

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १०:०५

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको छ।

फाइनल प्रतिस्पर्धामा पुगेका दुई विभागीय टोलीमध्य पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि एपीएफ क्लबले ब्याटिङ गरिरहेको छ । एपीएफका आसिफ शेख र प्रदीप ऐरीको जोडी ओपनिङमा आएका छन् ।

पुलिस बागमती प्रदेशमाथि ५० रनको जित निकाल्दै फाइल यात्रा तय गरेको हो भने एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै पुलिससँगको भेट पक्का गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?