+
+

संघीय मन्त्रालय र निकायसँग १ खर्ब ८० करोड बराबरको मात्र सम्पत्ति !

अच्युत पुरी अच्युत पुरी
२०७८ माघ ५ गते २०:१०

५ माघ, काठमाडौं । नेपाल सरकारका मन्त्रालय र मातहतका निकायसँग कुल १ खर्ब ८० करोड रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति रहेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०७६/७७ बाट ‘नेपाल सरकारको सार्वजनिक सम्पत्तिको अवस्था’ अध्यावधिक गर्न थालेको हो । तर, सार्वजनिक सम्पत्तिको व्यवस्थापनको थिति कमजोर हुँदा भएका सम्पत्ति पनि सही तरिकाबाट विवरणमा समेटिन नसकेको देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा संघीय मन्त्रालय, निकाय र ती अन्तर्गतका कार्यालयले आफूसँग कुल १ खर्ब ८० करोड रुपैयाँको बराबरको सम्पत्ति रहेको विवरण महालेखा नियन्त्रक कार्यालयलाई बुझाएका छन् । यसअघि आर्थिक वर्ष २०७६/७७ मा मात्र ९० अर्ब रुपैयाँ बराबरको मात्र सम्पत्ति विवरण अध्यावधिक भएको थियो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार प्रत्येक सरकारी कार्यालयले आफ्नो हक स्वामित्वमा रहेको सम्पत्तिको लेखांकन, उपयोग तथा संरक्षण गर्नुपर्छ । ती निकायले पठाएको विवरणका आधारमा महालेखा नियन्त्रक कार्यालयले एकिकृत विवरण राख्ने गरि सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली बनाइएको छ ।

सोही प्रणालीमा समावेश भई कार्यालयहरुले उपलब्ध गराएको विवरणका आधारमा यस्तो आंकडा आएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । अहिले अधिकांश सरकारी निकायले आफुसँग रहेको सार्वजनिक सम्पत्तिको वर्तमान बजार मूल्य अनुसार वास्तविक मूल्यांकन गरिसकेका छैनन् । सोहीकारण सम्पत्ति समेत अपेक्षाभन्दा कम देखिएको छ ।

सबैभन्दा बढी गृहको सम्पत्ति

कार्यालयका अनुसार सबैभन्दा बढी सम्पत्ति गृह मन्त्रालयले देखाएको छ । सो मन्त्रालयको सम्पत्ति २७ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । रक्षा मन्त्रालयले २१ अर्ब ९२ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको तथ्यांक देखाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६ अर्ब २० करोड रुपैयाँ बराबरको सम्पत्ति देखाएको छ । अर्थ मन्त्रालयले ४ अर्ब ६७ करोड रुपैयाँ देखाएको छ । सबैभन्दा कम आदीवासी तथा जनजाती आयोगको १७ लाख रुपैयाँको सम्पत्ति मौज्दात रहेको देखिएको छ ।

कुन निकायसँग कति रकम बराबरको सम्पत्ति ?

निकाय परिमाण रकम
राष्ट्रपति ३०८३९ १८ करोड ७७ लाख
उपराष्ट्रपति ३७९५ ७ करोड ५७ लाख
प्रदेश प्रमुख १२१८२ ११ करोड २६ लाख
संघीय संसद २३३४४७ ४ करोड ४६ लाख
अदालत १४४५७१० ३ अर्ब ५० करोड
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ५७९६९ ६६ करोड ५९ लाख
महालेखा परीक्षकको कार्यालय ३६९३४ ११ करोड ६ लाख
लोकसेवा आयोग १३७९९० ३३ करोड ३४ लाख
निर्वाचन आयोग १७१५१८ १ अर्ब ४२ करोड
राष्ट्रिय मानवाधिकार आयोग ४१७२२ १३ करोड ६२ लाख
न्याय परिषद् ५५० ५ करोड ७१ लाख
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग १९३४३ ९ करोड ४३ लाख
राष्ट्रिय महिला आयोग २४०३३ ५ करोड ६९ लाख
राष्ट्रिय दलित आयोग १९२७ २ करोड ४९ लाख
राष्ट्रिय समावेशी आयोग १०४७ ३ करोड ६७ लाख
आदिवासी जनजाति आयोग ४४ १७ लाख
मधेशी आयोग १६२५५ ४ करोड ९ लाख
थारु आयोग ३६०२ २ करोड ७६ लाख
मुस्लिम आयोग ५५४२८ ४ करोड ६७ लाख
राष्ट्रिय योजना आयोग ४६५७९२ ४१ करोड ४३ लाख
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण २७८९८९ ७८ करोड ७४ लाख

कुन मन्त्रालयसँग कति सम्पत्ति ?

महालेखाले हरेक वर्ष वित्तीय आम्दानी र खर्चको हिसाव पठाउँदा आफुसँग भएको सम्पत्तिको विवरण समेत पठाउन भनेपछि अहिले निकायहरुले यस्तो हिसाव पठाउन थालेका छन् ।

यद्यपी विस्तृत मूल्यांकनसहित सरकारी सम्पत्तिको हिसाव भने गरिएको छैन । महालेखामा विभिन्न मन्त्रालयले पठाएको सम्पत्तिको विवरण यस्तो छ ?

मन्त्रालय परिमाण रकम
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ६६०४१० २ अर्ब ५२ करोड
अर्थ मन्त्रालय २३६९४८३ ४ अर्ब ६७ करोड
उद्योग, वाणिज्य तथा आपूर्ति ११४३८९४ ६४ करोड ९० लाख
उर्जा, जलस्रोत तथा सिंचाई १०८३७७६ ३ अर्ब ४० करोड
कानून, न्याय तथा संसदीय मामिला ८२६७२ २२ करोड १९ लाख
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय ४५२१४७९ ४ अर्ब २६ करोड
खानेपानी मन्त्रालय ४७५२९४ ७३ करोड ७९ लाख
गृह मन्त्रालय ८५६८९८६ २७ अर्ब ७४ करोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय १२६८५१ ५६ करोड ९ लाख
परराष्ट्र मन्त्रालय ८५६३६७ ५५ करोड २३ लाख
वन तथा वातावरण मन्त्रालय २४०३४२४ ९७ करोड ९३ लाख
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ३१३१९५० ३ अर्ब ७ करोड
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ७९८४१३ ६ अर्ब २० करोड
महिला, बालबालिका तथा जेष्ठ नागरिक ५९४२१ ९ करोड ३३ लाख
युवा तथा खेलकुद मन्त्रालय २२१५४ ११ करोड ७० लाख
रक्षा मन्त्रालय १६७८८२७ २१ अर्ब ९२ करोड
शहरी विकास ५५२९९० १ अर्ब २९ करोड
शिक्षा, विज्ञान तथा प्रविधि ४९३६५२ १ अर्ब ८ करोड
संचार तथा सूचना प्रविधि ७९६६७९० ६ अर्ब २० करोड
संघीय मामिला तथा सामान्य प्रशासन ३४३९३२ १ अर्ब ३३ करोड
स्वास्थ्य तथा जनसंख्या १०७८७६९१ ४ अर्ब ६९ करोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षा २७५४८० २७ करोड ३४ लाख

स्रोत : महालेखा नियन्त्रक कार्यालय

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?