+
+

धनुषका पिताले भने- धनुष र ऐश्वर्याबीच पारिवारिक झगडा भएको हो, डिभोर्स होइन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १२:१२
धनुष, ऐश्वर्या र धनुषका पिता कस्तुरी राजा

६ माघ, काठमाडौं । साउथ फिल्मका स्टार धनुष र उनकी पत्नी ऐश्वर्याले केही दिनअघि आफ्नो १८ वर्षे दाम्पत्य जीवनलाई टुंग्याउने निर्णय लिए । उनीहरुले यो निर्णय लिनुमा विभिन्न अड्कलबाजी भइरहेका छन् ।

कतिपयले धनुषको अर्की युवतीसँग अफेयर रहेकाले ऐश्वर्याले अलग हुने निर्णय लिएको दाबी गरेका छन् भने कसैले घरझगडाका कारण नै सम्बन्ध विच्छेदको निर्णय लिन पुगेको हुन सक्ने अनुमान गरेका छन् ।

धनुष र ऐश्वर्याबारे विभिन्न चर्चा चलिरहेका बेला धनुषका पिता एवं निर्माता कस्तुरी राजाले आफ्नो मौनता तोडेका छन् । उनले धनुष र ऐश्वर्या अलग हुनुको कारण पारिवारिक झगडा मात्रै भएको बताएका छन् । एक साक्षात्कारमा उनले अरु सबै अफवाह भएको र उनीहरुबीच पारिवारिक झगडा भएको दाबी गरे ।

कस्तुरीले यसकै आधारमा धनुष र ऐश्वर्याले सम्बन्ध विच्छेद नगर्ने समेत बताएका छन् । यो झगडाको कारण मात्रै असहमति भएको र यस्तो हरेक विवाहित जोडीबीच हुने भन्दै उनले सामान्य झगडाकै आधारमा उनीहरुले सम्बन्ध विच्छेद नगर्ने बताए ।

केही दिनअघि आफ्नो सामाजिक सञ्जालमार्फत उनीहरुले ज्वाइन्ट स्टेटमेन्ट जारी गर्दै आफूहरु अलग हुने जानकारी दिएका थिए । यसपछि उनीहरु दुवै चेन्नईमा छैनन् । धनुषका पिताले अगाडि भने, ‘उनीहरु हैदरावादमा छन् । मेरो दुवै जनासँग कुराकानी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?