+
+

खोप लगाएका विदेशी पर्यटकलाई अनअराइभल भिसा यथावत्

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १३:१२

७ माघ, काठमाडौं । सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले पाउने अनअराइभल भिसा सुविधालाई निरन्तरता दिएको छ । अध्यागमन विभागले बिहीबार नेपालमा आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुका लागि सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

विभागका अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका नागरिकले खोपको पूर्ण मात्रा (खोपको प्रकृति अनुसार दुई डोज वा एक डोज ) लगाएकालाई अनअराइभल भिसा सुविधा निरन्तर पाउने भएका छन् ।

विदेशी पर्यटकले खोपको मात्रा पूरा गरेको प्रमाण, हवाई उडानका लागि चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ रिपाेर्ट, नेपालमा होटल बुकिङ गरेको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य निकाय भएका त्यसको अनुमतिको प्रतिलिपि समेत पेश गरेमा नेपाल प्रवेश विन्दुमै भिसा पाउने भएका छन् ।

यसक्रममा सीसीएमसीसीको अनलाइन अराभइल फारम भने भर्नुपर्नेछ । अनअराइभल भिसा नलिई सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट समेत भिसा पाउन सकिन्छ । खोप नलगाएका तथा नेपाल आउनुपर्ने विदेशीहरुले समेत नेपाली नियोगबाटै भिसा लिनुपर्ने हुन्छ । उनीहरुले अनअराइभल भिसा पाउँदैनन् ।

खोप नलगाए पाँच दिन होटेल क्वारेन्टिन

खोप नलगाएका विदेशी नागरिकको नेपालस्थित अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गरिने छ । यस्तो परीक्षणबाट पोजेटिभ देखिएमा आइसोलेसन वा अस्पतालमा बस्नु पर्नेछ । नेगेटिभ आएमा भने पाँच दिन होटल क्वारेन्टिनमा बस्नुपर्छ ।

अध्यागमनमा एन्टिजेन सम्भव नभएमा होटेल प्रवेश गर्नु अगाडि परीक्षण गर्नुपर्छ । ५ दिन होटेल क्वारेन्टिनमा बसेका विदेशी छैटौं दिनमा कोभिड १९ परीक्षण गरी आफ्नो उद्देश्य अनुसार भ्रमणमा जान सक्नेछन् ।

खोपको मात्रा पुरा गरेका पर्यटकले समेत होटेलमा चेक इन गरेको २४ घण्टाभित्र एन्टिजेन परीक्षण गर्ने र नेगेटिभ रिजल्ट आएपछि भ्रमणमा जान सक्नेछन् । होटेल बाहिर रहेका पर्यटकले प्रत्येक ७२ घण्टामा एन्टिजेट परीक्षण गर्नुपर्ने भएको छ ।

कोभिड १९ को परीक्षण र आइसोलेसनमा लाग्ने खर्च र बीमा लगायतका अन्य खर्च विदेशी नागरिक स्वयमले बेहोर्नुपर्छ । विदेशी नागरिक नेपालमा रहँदा भने नेपाल सरकारले तोकेका मापदण्डहरु पालना गर्नुपर्नेछ ।

नेपाली र गैरआवासीय नेपालीको हकमा के छ ?

खोपको मात्रा पूरा गरेको १४ दिन पुरा भएका नेपाली र गैरआवासीय नेपालीले ७२ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ प्रमाणपत्र बोकेर आएमा सहर्ज घरमा जान दिइन्छ । तर, उनीहरुमा समेत लक्षण देखिएको अवस्थामा भने अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्छ ।

उनीहरुले ५ दिन होम वा होटेल क्वारेन्टिनमा बस्ने गरी मात्र प्रवेश अनुमति पाउने छन् । खोपको मात्रा पुरा नगरेका नेपाली र गैरआवासीय नेपालीको हकमा भने एन्टिजेट परीक्षण गरि नेगेटिभ आएमा मात्र गन्तब्यमा जान दिइने भएको छ । पोजेटिभ आएमा आइसोलेसनमा जानु पर्नेछ । विदेशी कुटनीतिक नियोगको हकमा समेत यस्तै प्रावधान लागू हुने छ ।

नेपाल सरकारको निमन्त्रणमा काठमाडौं आउने सबै विदेशी पाहुनाको प्रवेश बिन्दुमा कोभिड १९ परीक्षण गरि नेगेटिभ आएमा मात्र कार्यक्रममा सहभागी हुन अनुमति दिइने भएको छ । ५ वर्ष भन्दा मुनीका बालबालिकाको हकमा खोप र परीक्षण अनिवार्य छैन ।

५ देखि १८ वर्षसम्मका बालबालिकाका लागि परीक्षण अनिवार्य भएपनि खोप अनिवार्य लागु हुने छैन । स्थलमार्गबाट प्रवेश गर्ने भारतीय नागरिकको हकमा समेत खोप कार्य, कोरोना परीक्षण अनिवार्य गरिएको छ । स्थलमार्गबाट प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकले समेत तोकिएको कागजात पुरा गरेको अवस्थामा नेपाल प्रवेश विन्दुमै भिसा पाउने छन् ।

हेर्नुहोस् अध्यागमन विभागको सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?