+
+

क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी

विदेशमा बसेर पनि क्रिप्टोकरेन्सी तथा हाइपर फण्डमा लगानी गर्न नपाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १८:३९

९ माघ, काठमाडौं । क्रिप्टो करेन्सी, हाइपर फण्ड जस्ता भर्चुअल करेन्सीको कारोबार गरेको पाइए कडा कारबाही गर्ने नेपाल राष्ट्र बैंकले चेतावनी दिएको छ । पछिल्लो समय उच्च प्रतिफलको लोभमा यस्तो कारोबार हुने गरेको भन्दै राष्ट्र बैंकले जहाँसुकै बसेर पनि यस्तो कारोबार गर्न नपाइने बताएको छ ।

आइतबार राष्ट्र बैंकको विदेशी विनिमय विभागले सूचना जारी गर्दै नेपाली वा नेपालमा बस्ने विदेशी नागारिक साथै विदेशमा बस्ने नेपालीले पनि यस्तो कारोबार गर्न नपाउने उल्लेख गरेको छ । पछिल्लो समय विदेशमा बस्ने नेपालीहरुले हाइपर फण्डमा छोटो समयमै धेरै मूनाफा कमाउन सकिने भन्दै लगानी गर्ने गरेका छन् ।

विदेशमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरुलाई समेत यस्तो कारोबारमा लगाउने गरेका छन् । यसबारे व्यापक गुनासो आएको भन्दै राष्ट्र बैंकले यस्तो कारोबार नगर्न र गरेको पाइए कानून अनुसार कारबाही हुने बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Joint Initiative