+
+

१० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते २०:५९

१० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ३३ हजार ६२६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ भने ८ लाख २४ हजार २३९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० जना रहेका छन् । जसमध्ये ८० हजार ७७९जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३८४ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा ४ हजार ६७६ संक्रमित थपिए

काठमाडौं उपत्यकामा एकै दिन ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३,६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका काठमाडौं उपत्यकाबाहेक सबैभन्दा धेरै चितवनमा ७९०, कास्कीमा ३४३, झापामा २०५ र सुनसरीमा १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीमा १७१, मोरङमा १४६, नवलपरासी पूर्वमा १३७, मकवानपुरमा १२१ र काभ्रेपलाञ्चोकमा १०२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै तनहुँमा ८७, बागलुङ र दाङमा ७३/७३ जना, नुवाकोटमा ७०, कञ्चनपुरमा ५५, धनुषामा ५४, बाँकेमा ४६, सिरहामा ३८, पर्सामा ३७, बारामा ३६, गोरखामा ३५, बैतडीमा ३२, सिन्धुलीमा २९, सिन्धुपाल्चोकमा २८,पाल्पामा २७, धादिङमा २५, लमजुङमा २४, दोलखामा २३, महोत्तरी, सर्लाही र डडेल्धुरामा २२/२२ जना तथा सप्तरीमा २० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?