+
+

९४ पटक हार, फेरि २ सिटमा चुनाव लड्दै यी व्यक्ति !

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १७:३२

१० माघ, काठमाडौं । एउटा व्यक्तिले जिवनमा कतिपटकसम्म चुनाव हारेपछि थाक्छ होला ? कतिपयका लागि त चुनावमा उठेर हार्नु भनेको सामान्य दैनिकी जस्तो हुँदो रहेछ र हार्ने कुराले कहिल्यैपनि थकाई लाग्दो रहेनछ ।

कतिपयले चुनाव जित्ने रेकर्ड कायम गर्दछन् । तर कतिपय भने यस्ता हुन्छन् जसले जिवनमा ९४ पटकसम्म चुनाव हारेका छन् । ९४ पटकसम्म चुनाव हारेर किर्तिमान कायम गरेका यी व्यक्ति अझै रोकिनेवाला छैनन् र पुनः २ सिटमा एकसाथ चुनाव लड्दैछन् ।

छिमेकी मुलुक भारतको उत्तर प्रदेशका हसनुराम अम्बेडकरीले यो पटक उत्तर प्रदेशका दुईवटा विधानसभामा चुनाव लड्दैछन् । जिवनमा हालसम्म उनले जतिपटक चुनाव लडे सबैमा हार व्यहोरेका छन् । अहिलेसम्म उनले कुनैपनि चुनाव जितेका छैनन् । चुनाव हारको शतक पूरा गर्ने बाटोमा उनी छन् ।

आगराको खेरागढस्थित नगला दूल्हा गाउँका हसनुराम सन् १९८५ देखि चुनाव लड्न सुरु गरेका हुन् । तर उनलाई हालसम्म कुनैपनि राजनीतिक दलले टिकट पत्याएका छैनन् र व्यक्तिगत रुपमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्दै आएका छन् ।

उत्तर प्रदेशको विधानसभा चुनावको पहिलो चरणका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेको छ । ७५ वर्षका हसनुराम शुक्रबार नै आगरा कलेक्ट्रेट कार्यालयमा उम्मेदवारी दर्ता फाराम लिन पुगेका थिए ।

सन् १९८५ मा हसनुराम एउटा पार्टी कार्यालयमा टिकट माग्न गए । तर उनीलाई हाँसोमा उडाइयो र एक भोटपनि नपाउने बताइयो । त्यस्तो उपहास हसनुरामको मनमा गड्यो र अबदेखि चुनाव लड्ने निधो गरे ।

यो पटकको विधानसभा चुनावमा हसनुराम दुई सिटबाट उम्मेदवारी दिएका छन् । आफ्नो जिवनमा कम्तिमा १ सयवटा चुनाव लड्ने उनको चाहना छ।

स्मरण रहोस् भारतको इतिहासमा जिवनमा सबैभन्दा धेरै चुनाव लड्ने व्यक्ति चाहीँ काका जोगिन्दर सिंह हुन् । बरेलीका बासिन्दा काकाले हालसम्म् ३ सय पटक चुनाव लडेका छन् र सबै चुनावमा हारेका छन् । उनले वडा पार्षद देखि देशको राष्ट्रपति सम्मको चुनाव लडेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?