
१३ माघ, काठमाडौं। नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको व्यवस्थापन संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ ।
त्रिवि व्यवस्थापन संकाय अन्तर्गत सम्बन्धन प्राप्त क्याम्पसहरुले छात्रवृत्तिका नाममा विद्यार्थीबाट रकम असुलेको भन्दै बिहीबार व्यवस्थापन संकायको डिन कार्यालयमा तालाबन्दी गरेको हो।
काठमाडौंका अधिकांश क्याम्पसले छात्रवृत्तिको नाममा विद्यार्थीबाट २ लाख देखि ५ लाखसम्म असुली गरेकोप्रति आपत्ति जनाउँदै तालाबन्दी गर्नु परेको नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसका नेता दिपक ओझाले बताए ।
उनले भने, ‘त्रिवि अन्तर्गतका अधिकांश सम्बन्धन प्राप्त काठमाडौका क्याम्पसलेले छात्रवृतिका नाममा लुट मच्चाएको छ । यो नरोकेसम्म हामी आन्दोलन र संघर्षका कार्यक्रमहरु जारी राख्छौं।’
छात्रवृतिका नाममा रकम असुल्ने क्याम्पसहरुको सम्बन्धन खारेज गर्न आवश्यक कारबाहीसमेत गर्न नेविसंघले माग गरेको छ।
यस्तै देशभरिका सम्पूर्ण क्याम्पसहरुबाट शतप्रतिश छात्रवृति पाउने विद्यार्थीहरुको अघिल्लो दुईवटै शैक्षिक सत्रका र यस शैक्षिक सत्रका विद्यार्थीहरुको नाम सार्वजनिक गर्नसमेत नेविसंघले माग गरेको छ ।
हेर्नुस् नेविसंघको माग पत्र
प्रतिक्रिया 4