
१४ माघ, काठमाडौं । अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहनेगरी चलचित्र ‘२ नम्बरी’ र ‘के घर के डेरा’को घोषणा भएको थियो । जसमध्ये ‘२ नम्बरी’को केही प्रतिशत छायांकन पनि भयो ।
कोरोनाका कारण काम सबै लथालिङ्ग भएपछि निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामा यो चलचित्रको छायांकन फेरि शुरुबाटै गर्ने सोचमा छन् । वर्षाले केही दिनअघि दिएको एक अन्तर्वार्तामा पनि आफू अब पहिले अनुबन्धित भएको चलचित्रमा रहेको वा नरहेको पनि पत्तो नभएको बताएकी थिइन् ।
चलचित्र नभएपनि म्युजिक भिडियोका कारण वर्षालाई राम्रै भइरहेको थियो । तर अहिले भिडियोमा पनि उनको खासै माग नभएको देखिन्छ ।
अब भने वर्षालाई केही महिनाअघि साइन गरेको चलचित्र ‘लाखे’ले राहत दिएको छ । दुई वर्षभन्दा लामो समयदेखि चलचित्रमा काम गर्न नपाएकी वर्षा ‘लाखे’को सेटमा निकै खुशी देखिएकी छन् ।
लकडाउनपछि आफूलाई चलचित्रबाट अफर नआएको बताएकी वर्षाका लागि यो चलचित्र राहत बनेर आएको छ । ‘लाखे’बाट छायांकन सेटमा फर्किएकी वर्षाका लागि यो चलचित्र चुनौतीपूर्ण छ । उनको खस्किँदो क्रेजलाई बचाउन यो चलचित्रको राम्रो व्यापार गर्न आवश्यक छ ।
प्रतिक्रिया 4