+
+

टी-२० ग्लोबल क्वालिफायर : नेपालले पहिलो खेल ओमानसँग फेब्रुअरी १८ मा खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १६:५६

१४ माघ, काठमाडौं। आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर समूह ए को पहिलो खेलमै नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले शुक्रबार टी-२० ग्लोबल क्वालिफायरको समूह ‘ए’को औपचारिक खेल तालिका सार्वजनिक गरेको छ ।

ग्लोबल क्वालिफायर ए मा सहभागि ८ टिमलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।

ग्लोबल क्वालिफायरको पहिलो समूहमा नेपालसहित ओमान, क्यानडा र फिलिपिन्स छन् । यस्तै अर्काे समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।

नेपाल र ओमानबीच १८ फेब्रुअरीमा उद्घाटन खृल हुनेछ । यस्तै नेपालले फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ का क्यानडासँग खेल्नेछ ।

दुवै समूहको शीर्ष दुईमा रहने टिम सेमिफाईनल प्रवेश गर्नेछन्।सेमिफाईनल जित्दै फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुनेटी-२० विश्वकपमा छनोट हुनेछन् ।

टी-२० विश्वकप छनोट अघि नेपाल, आयरल्यान्ड, ओमान र युएई सम्मिलित टी-२० सिरिज खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?