+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
५८ बलमा १०५ रन आवश्यक
चितवन राइनोज 2025
65/4 (10.2)
Shares

वीरगञ्जमा थप दुई कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १५ गते १३:५८

१५ माघ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– ३ प्रगतिनगर बस्ने ७३ वर्षीय र बाराको कलैया उपमहानगरपालिका–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुवै जनाले कोभिड–१९ विरुद्धको खोपको दुई मात्रा नै लगाएका थिए । विभिन्न दीर्घ रोग भएका उनीहरुको मृत्यु कोभिड निमोनियाका कारण भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

‘पहिल्यैदेखि मुटु, उच्च रक्तचाप, मधुमेहका बिरामी थिए, त्यसमाथि कोरोना संक्रमण देखियो’ उनले भने, ‘कोभिड निमोनियाले दुवैलाई गलायो, सकेको प्रयास गरेपनि बचाउन सकेनौं ।’

७३ वर्षीय वृद्धको माघ १४ गते शुक्रबार गरिएको एन्टिजेन परीक्षण पोजेटिभ देखिएको थियो । भेन्टिलेटर सपोर्टका लागि नेशनल मेडिकल कलेजबाट नारायणी अस्पतालमा भर्नाका लागि रिफर गरिएको थियो । पहिलेदेखि नै इस्केमिक हर्ट डिजिजको समस्या रहेका उनको स्वासप्रश्वास प्रणालीले काम नगरेपछि बिहान साढे ४ बजे मृत्यु भएको डा. सिंहले जानकारी दिए ।

नारायणी अस्पतालको आईसीयूमा उपचारको क्रममा कलैया निवासी ६५ वर्षीय पुरुषको बिहान साढे ७ बजे मृत्यु भएको छ । माघ १४ गते शुक्रबारनै कोरोना संक्रमण पुष्टी भई अस्पताल भर्ना भएका उनी उच्च रक्तचापका बिरामी थिए । शरीरको दायाँतर्फ प्यारालाइसिस भइसकेको थियो । उपचारका क्रममा उनमा गम्भीर किसिमको कोभिड निमोनिया देखिएको थियो ।

कोरोना भाइरसको तेस्रो लहर शुरु भएदेखि वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भइसकेको छ । जसमध्ये चारजना बारा र दुईजना पर्साका हुन् ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. सिंहले दीर्घरोग भएकालाई उपचारपछि पनि बचाउन गाह्रो भइरहेकाले संक्रमणबाट जोगिन सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?