+
+

कैलालीको होटलमा एक युवक मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १३:०५

१६ माघ, धनगढी । कैलालीमा एक युवक होटलमा मृत भेटिएका छन् । गौरीगंगा नगरपालिका-४ को राजीपुरमा रहेको गहतेगडा होटेलमा युवक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका-१ का अन्दाजी ३५ वर्षीय युवक साधन डाम मृत अवस्थामा फेला परेको जानकारी दिए।

डाम गत माघ ३ गतेदेखि सोही होटलमा बसिरहेका थिए । उनी बस्दै आएको होटलमा कोठामा शनिबार ओछ्यानमा घोप्टो परेको अवस्थामा मृत भेटिएकोबारे अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?