+
+

२१औ पटक ग्राण्डस्लाम उपाधि जित्दै नाडालले राखे कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते २०:१३

१६ माघ, काठमाडौं। स्पानिस टेनिस स्टार राफायल नाडालले २१औ पटक ग्राण्ड्सलामको उपाधि जित्दै कीर्तिमानी कायम गरेका छन् ।

आइतबार मेलवर्नमा भएको अष्ट्रेलियन ओपनको फाइनलमा रसियाका डानिएल मेदभेदेभविरुद्ध ५ सेट चलेको खेलमा पुनरागमन जित हात पार्दै नाडालले करियरको २१औ उपाधि जितेका हुन्।

प्रतिस्पर्धात्मक खेलमा नाडालले रसियन खेलाडी डानिएल मेदभेदेलाई २-६, ६-७, ६-४, ६-४, ७-५ ले पराजित गरे। यो उपाधि पछि नाडालले सर्वाधिक उपाधि जित्ने सूचीमा एकल रुपमा कीर्तिमान बनाए।

स्वीस स्टार रोजर फेडेरर र सर्वियन नोभाक जोकोभिचले समान २० उपाधि जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?