+
+

ललितपुरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई दोस्रो डोज खोप

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १८:००

१७ माघ, काठमाडौं । ललितपुर महानगरभित्र १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोपको दोस्रो डोज लगाइने भएको छ ।

ललितपुर महानगरपालिकाले सूचना जारी गर्दै यही माघ २० गतेदेखि २५ गतेसम्म खोप लगाइने जानकारी दिएको छ । महानगरपालिकाका अनुसार गत पुस २७ देखि २९ गतेसम्म पहिलो डोज लगाएका बालबालिकाले दोस्रो खोप पाउनेछन् ।

साबिकको खोप केन्द्र र विद्यालयमा बिहान साढे १० बजेदेखि बेलुका ४ बजेसम्म बालबालिकालाई खोप लगाइने भएकोले सबैलाई सहभागी हुन महानगरपालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?