+

क्रिस्टियानो रोनाल्डो बने इन्स्टामा ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति

२०७८ माघ  २४ गते १०:२१ २०७८ माघ २४ गते १०:२१
क्रिस्टियानो रोनाल्डो बने इन्स्टामा ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति

२४ माघ, काठमाडौं । म्यानचेष्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्ने पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई इन्स्टाग्राममा ४०० मिलियनले फलो गरेका छन् ।

रोनाल्डो इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बनेका छन् । उनले आफ्नो ३७औं जन्मदिन मनाएको भोलिपल्ट नै यो अर्को उपलब्धि पाएका हुन् ।

इन्स्टाग्राममा ३२४२ पोष्ट गरेका रोनाल्डोको पोष्टमा औसत १० मिलियन लाइक हुने गर्छ । उनले जम्मा ५०० जनालाई मात्र फलो गरेका छन् ।

इन्स्टाग्राममा सर्वाधिक फलोअर्स हुनेको दोस्रो नम्बरमा कायली जेनर छन् । उनको ३०८ मिलियन फलोअर्स छ । यस्तै अर्का फुटबल स्टार लिओनल मेस्सी ३०६ मिलियन फलोअर्ससहित तेस्रो स्थानमा छन् ।

क्रिस्टियानो रोनाल्डो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय