+
+

विप्लव नेतृत्वको नेकपाका जुम्ला इञ्चार्ज माओवादी केन्द्रमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १०:४६

२५ माघ, काठमाडौं । नेत्रविक्रम चन्द  (विप्लव) नेतृत्वको नेकपाका जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान खुमलटारस्थित निवासमा तिरुवालाई पार्टी प्रवेश गराए ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार तिरुवासँगै जिम्ला जिल्ला कमिटीका सदस्यहरु पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

अध्यक्ष प्रचण्डले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?