१६ भदौ, जुम्ला । रसुवा बाढीपछि हराइरहेका जुम्लाका नागरिकमध्ये हालसम्म २८ जना सम्पर्कमा आएका छन् ।
सबैभन्दा बढी पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका ७६ जनामध्ये हालसम्म २३ जना मात्र सम्पर्कमा आएकोे गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले स्थानीय तहबाट प्राप्त विवरण अनुसार कामको लागि जुम्लाबाट रसुवा पुगेका ९९ जनाको नाम ठेगाना पुष्टि भएको छ ।
बाढीपछि हराइ रहेकामध्ये थप पाँच जना सम्पर्कमा आएका भए पनि ठेगाना प्रमाणित गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी प्रसार्इँको भनाइ छ ।
जिल्लाबाट कामको सिलसिलामा रसुवा पुगेका अधिकांश पुरुष रहेका छन् ।
सम्पर्कविहीन यहाँका ७१ जना नागरिकको खोजी र उद्धारकार्यको लागी सम्बन्धी निकायसंग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताए ।
सम्पर्कविहीनका आफन्तले खोजी कार्यका लागि स्थानीय प्रशासन मार्फत हारगुहार गरिरहेका छन् ।
प्रतिक्रिया 4