+
+

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १७:५४
सत्यमोहन जोशी/फाइल तस्वीर

२५ माघ, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि संस्कृतिविद् सत्यमोहन जोशी मंगलबार अस्पताल भर्ना भएका छन् ।

सोमबार रातिदेखि स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई मंगलबार दिउँसो करिब १ बजेतिर किस्ट अस्पतालमा भर्ना गरिएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्रचार्यले जानकारी दिए ।

प्रा.डा. बज्रचार्यका अनुसार १०२ वर्षीय जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ । निमोनिया नियन्त्रणका लागि जोशीलाई एन्टिवायोटिक चलाइएको उनले बताए ।

कोरोना भए/नभएको जाँचका लागि स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न पठाइएको अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका निर्देशक प्रा.डा. बज्रचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?