+
+

इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते ११:२९

२६ माघ, काठमाडौं । इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ । नेपाल एयरलाइन्सको ट्वीनअटर विमानबाट बुधबार परीक्षण उडान भएको हो ।

नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार जहाज बिहान १० बजे विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

पहाडी इलाकामा निर्मित यो सबैभन्दा कान्छो विमानस्थल हो । काठमाडौंबाट ५५ मिनेटको उडानमा जहाज इलाम पुगेको हो ।

यो विमानस्थलमा तारा एयरले १२ वटा उडान गर्ने गरी जिम्मेवारी लिइसकेको छ । इलाम नगरपालिकासँगको सहकार्यमा ताराले जहाज उडाउने भएको छ ।

इलामका लागि नियमित उडानको भाडा काठमाडौंबाट ८ हजा ७ सय रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?