+
+

लनटेनिस टोली श्रीलंका जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १३:३०

२७ माघ, काठमाडौं । आईटीएफ वर्ल्ड जुनियर टेनिस प्रतियोगिता (एसिया ओसिएना प्रि क्वालिफाइङ) मा सहभागी हुन पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्दैछ ।

फेब्रुअरी १४ देखि १९ सम्म हुने प्रतियोगिताको पुरुषतर्फ राजवीर प्रधान र बोरिस अधिकारी तथा महिलामा सुनिरा थापा, आध्या पौडेल र जेनी खड्काले प्रतिस्पर्धा गर्ने छन् ।

त्यसपछि कोलम्बोमै फेब्रुअरी २१ देखि २६ तारिखसम्म हुने जुनियर डेभिस कपमा पुरुषमा अकी जुवेन रावत, राजवीर प्रधान र निश्चल कायश्थले खेल्ने छन् । सोही दौरान हुने जुनियर बिली जिन किङ कपमा नेपाली महिला खेलाडी सुनिरा थापा, आइशा डोल्कर गुरुङ र प्रशंसा मोक्तानले सहभागिता जनाउने छन् । टोलीको प्रशिक्षकमा रामेश्वर थापा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?