+
+

टेनिसमा सिंगलतर्फ क्वार्टरफाइनल र डबल्सतर्फ सेमिफाइनलका खेल सकिए

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १८:२९

१४ मंसिर, पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आईटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत सिंगलतर्फ क्वार्टरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेल सकिएका छन् ।

बिहीबार भएको ब्वाइज सिंगलतर्फको खेलमा भारतका अनिकेत भेंकाटरमनले अमेरिकाका आरब सम्राट हाडालाई ६–३, १–६ र ६–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

त्यस्तै, भारतका प्रनिल शर्माले भारतकै रणविर सिंहलाई ६–२, ७–६ ले, अलेक्से सिभाइवले जापानका रुया सासामोतोलाई ६–४,६–२ ले र भारतका आदित्य मोरले जापानका रिकु हिगासीलाई ६–३,३–६ र ६–३ ले पराजित गर्दै अन्तिम ४ मा स्थान बनाए ।

गर्ल्स सिंगलतर्फ जापानका उता असाकुराले भारतका इसिता मिधालाई ६–०, ६–० ले, भारतका यासिका सोकिनले भारतकै इसि महेश्वरीलाई ५–७,६–३ र ६–० ले, भारतका दिसा बेहराले भारतकै स्वस्ती सिंहलाई ६–४,३–६ र ६–२ ले र हङकङकी जेन लिङ चुङ वाङले भारतका सगुन कुमारी सगुनलाई ६–२ ,६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।

ब्वाइज डबल्सफर्त जापानका को फुजिकावा र रुया ससामोटोको जोडीले भारतका सन्चित सुधिर राव र अनिकेट भेंकाटारामनको जोडीलाई ६–०,२–६ र सुपरटाईमा ११–९ ले पराजित गर्दै फाइनलमा स्थान बनाए ।

गर्ल्स डबल्सतर्फ जापानका उता असाकुरा र हङकङकी जेन लिङ चुङ वाङ जोडीले भारतका अन्वी पुनागण्टी र सगुन कुमारी सगुनको जोडीलाई ६–३, ६–१ ले तथा भारतका दिसा बेहरा र अर्जान खोराकिवालाको जोडीले भारतकै सेरी सर्मा र रिधि सिण्डेको जोडीलाई ६–३,६–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?