+
+

थप १,३६९ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १७:१०

२७ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपाल हालसम्म ११ लाख सात हजार ९८६ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २३८ कोरोना संक्रमणमुक्त हुँदा संक्रमणमुक्त हुनेको कुल संख्या नौ लाख ३० हजार ६०७ जना छन् ।

कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर काेरोना भाइरसका सक्रिय संक्रमितको संख्या २९ हजार चार रहेको छ ।

काठमाडौं उपत्यका कति थपिए

काठमाडौं उपत्यकामा बिहीबर ३२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाडौमा २३५, ललितपुरका ६४ र भक्तपुरमा ३० संक्रमित थपिएका हुन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीमा ५६, मोरङमा ५०, लमजुङमा ४५, कैलाली ३४, सुनसरी ३१, झापा ३०, चितवन र रुपन्देहीमा २३/२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै स्याङ्जा १८, धनुषा १७, काभ्रेपलान्चोक १६, महोत्तरी, धादिङ र दाङ १५/१५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?