+
+

नेपाली क्रिकेटको नयाँ नारा ‘राइनोज’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते २१:०४

२७ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्वालिफायर र चारदेशीय टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम हाल ओमानमा छ ।

मंगलबार ओमान गएको नेपाली टोलीले बिहीबार पहिलो पटक प्रशिक्षण गरेको छ । पुबुद दासानायकेलाई श्रीलंकन पूर्व फास्ट बलर धम्मिका प्रसादले प्रशिक्षणमा सघाइरहेका छन् । नेपाली टोलीको बलिङ कन्सलटेन्टको रुपमा नियुक्त भएका धम्मिका श्रीलंकाबाटै ओमान पुगेका हुन् ।

बिहीबार प्रशिक्षणमा नेपाली टोलीले लगाएको ‘ट्रेनिङ किट’ मा एउटा फरक खालको नारा थियो ।

खेलकुद पोशाक कम्पनी केल्मीले यस पटक नेपाली टोलीका लागि किट तयार पारेको छ । ट्रेनिङ किटको एक भागमा क्यानको लोगो र अर्कोतर्फ गैँडा आकृति र ‘राइनोज’को नारा लेखिएको छ । ‘राइनोज’ शब्दको हरेक अक्षरको छुट्टै शब्द बनाएर नाराको रुपमा राखिएको छ ।

राइनोज अर्थात ‘आर’लाई रेस्पेक्ट, ‘एच’लाई अनेस्टी, ‘आई’लाई इन्टीग्रिटी, ‘एन’लाई नेश्नलिटी, ‘ओ’लाई वान टिम र ‘एस’लाई सक्सेसको रुपमा राखिएको छ ।

टी-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपाली टोलीले ग्लोबल क्वालिफायरअघि शुक्रबारबाट सुरु हुने चार देशीय टी-२० सिरिज खेल्नेछ । जसमा नेपालसहित घरेलु टोली ओमान, आयरल्याण्ड र युएई छन् । नेपालले शुक्रबार पहिलो खेलमा ओमानसंग खेल्नेछ । खेल मस्कटस्थित अल अमिरात मैदानमा ३:४५ बजे सुरु हुनेछ ।

यस्तै फेब्रुअरी १८ देखि २४ सम्म हुने ग्लोबल क्वालिफायरको पहिलो खेलमा पनि नेपालले ओमानसंग नै प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?