+
+

न्यायालयको गरिमा जोगाउन महाअभियोग : कानुनमन्त्री बडु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १२:४३

१ फागुन, काठमाडौं । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयमा देखिएको गतिरोध हल गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको बताएका छन् ।

प्रधानन्यायाधीश जबरामा न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले पनि महाअभियोग दर्ता गर्नुपरेको मन्त्री बडुले बताए । ‘गतिरोधमा न्यायपालिका रहृयो भने न्यायापालिकाको आवश्यकता र गरिमाथि प्रश्न उठ्न सक्ने देखियो । त्यसकारणले प्रतिनिधिसभाका सांसदहरुले संवैधानिक निकास खोज्ने प्रयत्न गर्नुभयो’, मन्त्री बडुले भने ।

मन्त्री बडुले सर्वोच्चको गतिरोध अन्त्य गर्न र न्यायालयको गरिमा जोगाउन संवैधानिक प्रक्रियाबाट प्रधानन्यायाधीश हटाउने बाटो अपनाइएको बताए । ‘हामीले यो कुरा पनि सुनिरहेका थियौं । सम्मानीय प्रधानन्यायाधीश ज्यूले पनि म संवैधानिक बाटोबाट आएको व्यक्तिलाई संवैधानिक बाटोबाट निकास चाहन्छु भन्ने अभिव्यक्तिहरु थिए’, मन्त्री बडुले भने ।

दर्ता भएको महाअभियोग प्रक्रियामा अगाडि बढ्ने उनले बताए ।

मन्त्री बडुले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव दुई तिहाइले पारित हुने दावी गरेका छन् । ‘यति महत्वको विषय छ कि, यसको संवैधानिक निकासका लागि सबैको सहयोग हुन्छ । मलाइ लाग्छ यो दुई तिहाइले पारित हुन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?