+
+

गुल्मीको खन्यूखर्क आधारभूत स्कुललाई कम्प्युटर लगायतका शैक्षिक सामग्री सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १३:०६

१ फागुन, काठमाडौं । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीस्थित खन्यूखर्क आधारभूत विद्यालयलाई पूर्वविद्यार्थीहरुले कम्प्युटर लगायतका शैक्षिक सामग्री सहयोग गरेका छन् ।

खन्यूखर्क भूपूविद्यार्थीहरुकाे एक समूहले ६५ हजार रुपैयाँ बराबरको उपकरण तथा शैक्षिक सामग्री विद्यालयलाई सहयोग गरेका हुन् ।

विद्यालयको आवश्यकताबारे बुझेर ती सामग्री हस्तान्तरण गरिएको समूहकी सदस्य प्रतिक्षा रेग्मीले जानकारी दिइन् । रेग्मीका अनुसार विद्यालयलाई कम्प्यूटर, प्रिन्टर (विथ फोटोकमी एण्ड स्कायनिङ), प्राथमिक उपचार बाकस, नोटिसबोर्ड, साउण्ड सिस्टमलगायत सामग्री प्रदान गरिएको हो ।

उनका अनुसार समूहले पहिलो चरणमा गत साउनमा स्वास्थ्य सामग्री प्रदान गरेको थियो । जसमा मास्क, सेनिटाइजर, अक्सिमिटर, थर्मोमिटरसहितका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

शुक्रबार विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र विद्यार्थीको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?