३ फागुन, काठमाडौं । टाउकोमा चोट लागेर अस्पतालमा भर्ना भएका राष्ट्रिय टिम तथा मच्छिन्द्र एफसीका सदस्य मनिष डाँगी मंगलबार डिस्चार्ज भएका छन् ।
मच्छिन्द्रका टिम फिजियो सुरज भुसालले मनिष डिस्चार्ज भएको जानकारी दिए । उनको सबै रिपोर्ट नर्मल रहेको र छिट्टै मैदान फर्कने विश्वास रहेको भुसालले बताए ।
गत शनिबार दशरथ रंगशालामा मच्छिन्द्र र च्यासलविरुद्धको खेलमा मनिष च्यासलका खेलाडी यान्निक केचासँग ठोक्किएर मैदानमा ढलेका थिए ।
त्यस क्रममा करिब ६ मिनेट बेहोस भएका मनिष उपचारका लागि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना भएका थिए । उनको टाउकोमा चोट लागेको थियो ।
प्रतिक्रिया 4