
३ फागुन, काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले आफ्नो आगामी चलचित्र ‘बच्चन पाण्डे’को नयाँ पोस्टर सार्वजनिक गरेका छन् । यो चलचित्र मार्चमा सिनेमा हलमा प्रदर्शन हुने तयारीमा छ ।
अक्षयले सामाजिक सञ्जालबाट पोस्टर सार्वजनिक गर्दै चलचित्रको ट्रेलर १८ फेब्रुअरीमा रिलिज हुने जानकारी समेत दिएका छन् । नयाँ पोस्टरमा उनी एक डरलाग्दो ग्याङस्टरको गेटअपमा देखिएका छन् ।
तस्वीरको ट्यागलाइनमा अक्षयले लेखेका छन्, ‘तपाईं मलाई गुण्डा भन्न सक्नुहुन्न, म गडफादर हुँ । बच्चन पाण्डे तपाईंलाई डराउन, हँसाउन र रुवाउनका लागि तयार छ । कृपया यसलाई पूरै माया दिनुस् । १८ फेब्रुअरीमा फिल्मको ट्रेलर रिलिज हुनेछ ।’
यो चलचित्र एक ग्याङस्टर बच्चन पाण्डेको कथामा आधारित छ । अक्षयले बच्चन पाण्डेको भूमिका निभाएका छन्, जो अभिनेता बन्न चाहन्छन् । अभिनेत्री कृति सेनन एक पत्रकारको भूमिकामा छिन्, जो चलचित्रको निर्देशन गर्न चाहन्छिन् । ‘बच्चन पाण्डे’मा अरशद वारसी, पंकज त्रिपाठी र प्रतीक बब्बरको पनि महत्वपूर्ण भूमिकामा छन् ।
फरहाद सामजीले निर्देशन गरेको यो चलचित्रलाई निश्चय कुट्टान्डाले लेखेका हुन् ।
प्रतिक्रिया 4