
३ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नका लागि सभामुखले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
मंगलबार संघीय संसद सचिवालयले प्रतिनिधिसभाको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ । तर उक्त सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे उल्लेख छैन ।
मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी संसदमा पेश गर्न सरकारलाई आग्रह गर्ने र एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ ।
अहिलेसम्म कसैले पनि एमसीसीलाई अगाडि बढाउने भनेर औपचारिक माग नगरेका कारण संभावित कार्यसूचीमा नपरेको संसद सचिवालय स्रोत बताउँछ ।
सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो बार्षिक प्रतिवेदन पेश गर्ने र बिभिन्न तीन जना दिवंगत सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।
प्रतिक्रिया 4