+
+

‘चिसो एस्ट्रे’को गीतबाट सविन राईको कमब्याक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १३:१८
गायक सविन राई

४ फागुन, काठमाडौं । चैत ४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चिसो एस्ट्रे’को दोस्रो गीत सार्वजनिक गरिएको छ । यो गीत शिवरात्रीलाई लक्षित गरी सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको गीतमा गायक सविन राईले स्वर दिएका छन् । लामो समयदेखि सांगीतिक दुनियाँबाट टाढा रहेका सविन यही गीतबाट कमब्याक गरेका हुन् । यो गीतमा दिनेश पाल्पालीको शब्द र अजर जंगम संगीत रहेको छ ।

दिनेश पाल्पालीको निर्देशन रहेको चलचित्रको ‘ड्रिम पाइरेसी’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलाई  महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रविन स्याङ्बा र सुस्मिता पराजुलीले साथ दिएका छन् । चलचित्रको सहनिर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् ।

यो चलचित्रमा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशीलराज पाण्डे, रविन तामाङ र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?